अमेरिकामा जनवरीको सुरुवातसम्म कोरोनाको खोप आउँछ : डा. एन्थनी

0
122

काठमाडौं, शनिबार, १५ कात्तिक २०७७ । कोरोना भाइरसको खोपलाई लिएर अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थनी फोन्सीले छिट्टै कोरोना भ्याक्सिन आउने बताएका छन् ।

उनले भने, ‘यदी सबै ठिक रहने हो भने डिसेम्बरको अन्त या जनवरीको सुरुवातमा केही उच्च जोखिममा रहेका अमेरिकी नागरिक लागि एक सुरक्षित र प्रभावकारी भ्याक्सिनको पहिलो खुराक उपलब्ध हुनेछ ।

डा. एन्थनीले यसभन्दा अघिपनि कोरोना भाइरसको भ्याक्सिनलाई लिएर यस्तै आश्वासन दिएका थिए ।