कारागार पुस्तकालय अभियान कपिलवस्तुबाट सुरु गरिदै

0
391

कपिलवस्तु, मंगलबार, १८ कात्तिक २०७७ । कारागार पुस्तकालय अभियान कपिलवस्तुबाट सुरु गरिने भएको छ । कारागारमा दैनिकि बिताईरहेका कैदिसंग कुराकानी गर्ने क्रममा कारागारमा पनि सिकाईका अवसर पाए कारागारबाट निस्किएपछि आफु र समाजमा सकारात्मक विजारोपण गर्न सक्छ भन्दै कारागारमा सिक्ने अवसर सिर्जना गर्न कपिलवस्तुका सामाजिक अभियानताले आग्रह गरेका छन् ।

दिवस राज पौडेल, गौरव पौडेल, हरि खनाल,आरती अर्याल, सुनिता बेलबासे र असिम भट्टराईले कारागार पुस्तकालय अभियान संचालन गरिरहेका छन । जस अन्तर्गत कपिलवस्तु जिल्लाबाट सुरु गरेको यसअभियान ‘केन्द्रीय कारागार डिल्लीबजारबाट अनुमति लिएर हामीले देशभर रहेका कारागारमा क्रमशः पुस्तक सहयोग गर्दै जाने योजना बनाएको अभियानता दिवश राज पौडेलले जानकारी दिनु भयो ।

साथै, विभिन्न सबै संघ सस्था र व्यक्तिगत रुपमै भए पनि ९८६३९२९२६२ मा सम्पर्क गरि पुस्तक सहयो गरिदिनु हुन आग्रह समेत गर्नुभयो ।