डिप्रेसनको दलदलमा धकेल्दै अनलाइन डेटिङ साइट

0
75

काठमाडौँ, मंगलबार, २५ कात्तिक २०७७ । डिजिटल संसारको प्रवृत्ति दिन-प्रतिदिन परिवर्तन हुँदै गइरहेको छ । आधुनिक मानिसको जीवनमा अपरिहार्य जस्तै भएको सामाजिक सञ्जाल र डिजिटल दुनियाँ लाभदायक मात्रै छैन । यसको हानि समेत धेरै रहेको बताइन्छ । मान्छेको मानसिक स्वास्थ्यसँग समेत जोडिएको यो साइट्सको फाइदाभन्दा बेफाइदा धेरै हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

आजका युवाहरूमा सामाजिक सञ्जालहरूको लत द्रूत गतिमा बढिरहेको छ । भर्खरको एक अनुसन्धानले सामाजिक सञ्जालहरूको उपयोगका फाइदाभन्दा धेरै बेफाइदाहरू रहेको उल्लेख गरेको छ । यस अध्ययनका अनुसार मोबाइल डेटिङको प्रयोगले युवावस्थामा उदासीनता र सामाजिक चिन्तालाई बढावा दिने गरेको देखिएको छ ।

के भन्छ सो अनुसन्धानले ?

यस अध्ययनको लागि इबर्सप्रोलजी, बिहेभियर एण्ड सोसल नेटवर्किङ जर्नलमा प्रकाशित अनुसन्धानका अनुसन्धानकर्ताहरूले विभिन्न उमेर समूहका युवाहरूको समूहका बारेमा समीक्षा गरेका थिए । यसबाट पत्ता लागेको छ कि अनलाइन डेटिङले युवाहरूको आत्मविश्वासमा गहन प्रभाव पारेको छ ।

यस अनुसन्धानको लागि, शोधकर्ताले करिब १३०० जना कलेजका विद्यार्थीहरूसँग कुराकानी गरेका थिए । सो अध्ययनबाट पत्ता लाग्यो कि धेरै केटा एवं केटीहरू समेत आफ्नो शरीरको आकार र आत्म–विश्वासको बारेमा बढी चिन्तित थिए ।

त्यस्तै, जसले सामाजिक सञ्जालको प्रयोग गर्दैनन्, उनीहरूमा कुनै ठूलो चिन्ताले नसताएको पाइएको थियो । अनुसन्धानले रिपोर्ट गरेको छ कि टिन्डर प्रयोगकर्ताहरूले उनीहरूको शरीरका बारेमा बढी चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन् ।

अनुसन्धान लेखक जेसिका स्ट्रबेल भन्छन यस्ता सामाजिक सञ्जालहरूको प्रयोग गर्ने युवाहरूमा चिन्ताको स्तर बढी देखिएको छ । केही युवाहरू मानसिक असन्तुलनबाट ग्रस्त छन् कि उनीहरूले अब डिप्रेसनको संकेत देखाइरहेका छन् । त्यस्ता युवाहरू बाँकी युवाहरूसँग आफूलाई तुलना गर्न धेरै दुःखी छन् ।