कालिकोटमा नेकपा परित्याग गरि २ सय ५० जना काङ्ग्रेसमा प्रवेश

0
447

कालिकोट, शुक्रबार, २८ कात्तिक २०७७ । कालिकाेटमा कांग्रेस प्रवेशकाे लहर चलेको छ । जिल्लाको विभिन्न ठाउँमा पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेशको लहर चलेको छ ।

कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही, दमनबहादुर शाही, जगतजङ बिष्ट लगायतका नेताहरुले साबिक भर्ता गाबिसमा २ सय ५० जनालाई कांग्रेस प्रवेश गराएका हुन् ।

शुभकालिका गाउँपालिका १ देखि ९ वडामा नेकपा परित्याग गरि २ सय ५० जना काङ्ग्रेस प्रवेश गरेका छन् ।

केही समययता संगठन विस्तारका लागि कालिकोटका गाउँ गाउँ पुगिरहेका नेताहरुल नवप्रवेशीलाई स्वागत गर्दै अरू पार्टीले गफ गर्ने गरेको भन्दै कांग्रेसले काम गरेर देखाउने बताए ।

देशको समृद्धि र कालिकोटको विकासका लागि पनि कांग्रेसको जित अपरिहार्य रहेको उनको भनाई थियो ।