प्रधानमन्त्री ओली पनि सहभागी, नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

0
55

काठमाडौं, बुधबार, ३ कात्तिक २०७७ । नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच दूरी बढेसँगै नेकपामा देखिएको आन्तरिक विवाद समाधानको लागि बैठकमा पहल हुने बताइएको छ ।

यसअघि बसेको बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि विवाद थप बढेको थियो । आजको बैठकमा प्रचण्डलाई प्रस्ताव फिर्ता गर्न लगाउने प्रधानमन्त्री ओलीको तयारी छ ।

यस बैठक लगत्तै ओलीले मन्त्रिपरिषद् बैठक पनि डाकेका छन् । सचिवालयमा प्रचण्डसँग पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशको साथ छ ।

प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा बादल र अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलको साथ छ । तर, बादललाई दुबै पक्षले आफ्नो दावी गर्ने गरेका छन् ।