ढकाल समुहका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

0
88

काठमाडौँ, बिहिबार, ४ मङ्सिर २०७७ । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला नगरतर्फका प्रदेश १ बाट उम्मेदवारी पाएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।

महासंघ निर्वाचन समितिका अनुसार प्रदेश १ बाट राउतको मात्र उम्मेदवारी परेको र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट पनि अग्रवालको मात्र एकल उम्मेदवारी परेकोले उनीहरु सर्वसम्मत चयन भएका हुन् । उनीहरुको औपचारिकरुपमा विजयी घोषणा भने भैसकेको छैन । उनीहरु दुवैजना वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र ढकाल प्यानलका हुन् ।

महासंघको ५४औं वाषिर्क साधारणसभाले एक वरिष्ठ उपाध्यक्ष, एक एसोसिएट उपाध्यक्ष, एक वस्तुगत उपाध्यक्ष, एक जिल्ला नगर उपाध्यक्ष र ६० जना कार्यकारी सदस्य निर्वाचित गर्ने छ । यसअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका शेखर गोल्छा भने महासंघको ५४ औं साधारण सभाबाट स्वतः अध्यक्ष हुनेछन् ।

साधारण सभा यही मंसिर ११ गतेबाट ३ दिनसम्म काठमाडौंमा चल्ने छ।