राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

0
81

काठमाडौं, बिहिबार, ४ मङ्सिर २०७७ । नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । बंगलादेशसँगको दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलेर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको हो ।

नेपालले ढाकामा ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली टोली बिहीबार नेपाल आइपुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीलगायतका पदाधिकारीले स्वागत गरेका थिए । नेपालले पहिलो मैत्रीपूर्ण खेल २–० गोल अन्तरमा गुमाएपनि दोस्रो खेल भने गोलरहित बराबरी खेलेको थियो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले विश्वकप छनोट अन्तर्गत एक खेलमा जित निकालेको थियो । नेपालले २०२२ मा कतारमा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटका लागि अब नेपालले तीन खेल खेल्न बाँकी छ ।