कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या १३०५ पुग्यो

0
60

काठमाडौं, शनिबार, ६ मङ्सिर २०७७ । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३०५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ६७४ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ । देशभर कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।