अफगानिस्तानको राजधानी काबुलमा २३ वटा रकेट बम आक्रमण, ८ जनाको मृत्यु

0
62

एजेन्सी, शनिबार, ६ मङ्सिर २०७७ । अफगानिस्तानको राजधानी काबुलमा शनिबार २३ वटा रकेट बम आक्रमण भएको छ ।

अफगान सरकारका अनुसार २३ वटा रकेट बम राजधानीमा प्रहार हुँदा ८ जनाको मृत्यु भएको छ । यस आक्रमणमा ३१ जना घाइते भएको समाचार त्यहाँको गृह मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता तारिक एरिएनले यस आक्रमण तालिबान समूहले गरेको आरोप लगाएका छन् । तालिबानले भने यस आक्रमणमा आफ्नो संलग्नता नभएको जनाएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ ।