‘युवा कविता प्रतियोगिता २०७७’ हुने

0
65

काठमाडौं, शनिबार, ६ मङ्सिर २०७७ । गैरआवासीय नेपाली संघ भाषा, साहित्य, र संस्कृति प्रवद्र्धन समिती र अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बाल साहित्य समितिको संयुक्त आयोजनामा विश्वव्यापी ‘युवा कविता प्रतियोगिता २०७७’ हुने भएको छ ।

उक्त कविता प्रतियोगितामा नेपाल बाहिर बसेर लेख्ने स्रष्टाका रचना मात्रै स्वीकार गरिने र भाग लिनका लागि डिसेम्बर २० तारिखसम्म कविता पठाइसक्नु पर्ने आयोजक संस्थाले जनाएको छ ।

त्यसैगरी कविता बढीमा २०० शब्द सम्मको र अप्रकाशित हुनुपर्ने, प्रतियोगितामा १९ वर्ष सम्मका स्रष्टाले मात्र भाग लिन पाउने, स्रष्टाले आफू बस्ने देश र सम्पर्क नम्बर खुलाउनु पर्ने, एकजना स्रष्टाले एउटा मात्रै कविता पठाउन सकिने र कविताको शिर्षक वा विषवस्तु खुला रहनुपर्ने पनि प्रतियोगताका नियमहरु रहेका छन् ।

उक्त कविता प्रतियोगितामा प्रथम हुने स्रष्टालाई १ हजार, दोस्रोलाई ५ सय र तेश्रो हुने श्रष्टालाई ३०० डलरको पुरस्कार राशिको व्यवस्था गरिएको छ ।

कविता पठाउनका लागि इमेल यसप्रकार रहेको छ । balkabita1@gmail.com