आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान् पक्राउ !

0
283

बाँसगढी, बुधबार, १० मङ्सिर २०७७ । बर्दियामा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । बाँसगढी नगरपालिका ९ माछागढका ४४ वर्षीय पुरुष मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

४१ वर्षीय श्रीमतीले श्रीमानले आफूलाई जबरजस्ती करणी आरोप भन्दै प्रहरीमा उजुरी गरेकी थिइन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले ती पुरुषलाई पक्राउ गरेको जनाएको छ ।

श्रीमतीले आफ्ना श्रीमानले आफूलाई कुटपीट पनि गरेको आरोप लगाएकी छन् । प्रहरीले घटनाका विषयमा अनुसन्धान भइरहेको नजाएको छ ।