ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा पुगे : शंकर पोखरेल

0
72

काठमाडौं, सोमबार, २० पुस २०७७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा पुष्पकमल दाहाल प्रचण्ड आफैं सडकमा पुगेको टिप्पणी गरेका छन्।

चितवनमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।

‘ढाडमा टेकेर टाउकोमा हान्ने भन्ने गर्नुहुन्छ, माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्नुभयो,’ पोखरेलले भने, ‘तर, एउटै चिजको प्रयोगले सधैं सफल भइँदैन । यसपटक कमरेड प्रचण्ड फस्नुभयो । ’