उत्तर कोरियाद्धारा ‘संसारकै सबैभन्दा शक्तिशाली’ हतियार सार्वजनिक

0
126

काठमाण्डौ, शुक्रबार, २ माघ २०७७ । उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको अत्याधुनिक व्यालिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ । उत्तर कोरियाले सरकारी संचारमाध्यमहरुमा त्यसलाई ‘संसारकै अहिलेसम्मकै सबैभन्दा शक्तिशाली अस्त्र’ भनेर प्रचार प्रसार भरहेको विविसीले उल्लेख गरको छ ।

केही दिन अघि राजधानी प्योङ्गयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जङ्ग उनले अवलोकन गरेका थिए ।

अमेरिकमा नयां राष्ट्रपति जो बाइडनको शपथ कार्यक्रमभन्दा ठीक एक साताअघि उत्तर कोरियाले सैन्य प्रर्दशनीको साथै अत्याधुनिक व्यालेष्टिक मिसाइल परिक्षण गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

सत्ताबाट बाहिरिन लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासंग दुई पटक वार्ता गरेर विवादलाई केही मथ्थर पारेका थिए । ट्रम्पको तुलनामा निर्वाचित राष्ट्रपति वाइडेन उत्तर कोरियाप्रति कठोर रुपमा प्रस्तुत हुने अनुमान राजनीतिक विश्लेषकहरुले गर्दै आएका छन् ।

केही दिन अघिको पार्टी वैठकमा उत्तर कोरियाली नेता किमले संयुक्त राज्य अमेरिका उत्तर कोरियाको ‘अग्रणी शत्रु’ भएको बताएका थिए । उनको प्रतिकृया र विगतदेखि नै उत्तर कोरियाप्रति कठोर रहंदै आएका वाइडेनले अमेरिकी नेतृत्व सम्हाल्नुले विश्व फेरि युद्धको चपेटामा पर्न सक्ने अडकलबाजी शुरु भएको छ ।