अन्जु दाहालको न्यायकालागी दोस्रो दिन पनि विद्यार्थी सडकमा ( फोटो फिचर )

0
107

२० फागुन काठमाडौ । बुधबार जीपको ठक्करबाट मृत्यु भएकी अञ्जु दाहालको न्यायका निम्ति विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

बिहीबार कोटेश्वर चोकमा दाहालको न्यायका लागि भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् । सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी २ निवासी दाहाल कोटेश्वर बहुमुखी क्याम्पस मा अध्ययनरत थिइन् ।

हिजो बिहान क्याम्पस जान हिडेकी उनलाई नख्खुमा जीपले ठक्कर दिएपछि मृत्यु भएको थियो । कार्यक्रमका केही तस्वीर : 

सवारी चालकलाई कानुनी कारवाही र पिडित परिवारलाई राहत र क्षतिपूर्तिको माग गर्दै हिजो देखि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।