म्यान्मार सैन्य दमनः स्थिति झनै खतरनाक बन्ने सम्भावना

0
88

एजेन्सी, शुक्रबार, २० चैत्र २०७७ । म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले त्यहाँको सुरक्षा अवस्था झनै नराम्रो हुन सक्ने र नियन्त्रणबाहिरु जान सक्ने खतरा औँल्याएका छन् ।

सुरक्षा फौजहरूले जानाजान, योजनाबद्ध र व्यापक र घातक रुपमा बल प्रयोग गरेको प्रमाणहरूबाट देखिएको एन्ड्रूय कर्कवूडले बताएका छन । उनका अनुसार म्यान्मारमा सैन्य कू यता मारिएका पाँच सयभन्दा बढी व्यक्तिमध्ये ९० प्रतिशत गोली प्रहारबाट मारिएका छन् ।

ती मध्ये धेरैको टाउकोमा गोली हानिएको र निशानेबाजहरू दिनदहाडै परिचालित गरिएको कर्कवूडले बताएका छन् । शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध भएको हिंसाको राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌ले कडा शब्दमा निन्दा गरेको छ ।

एक दिनअघि परिषद्‌को एउटा आपत्‌कालीन बैठकमा चीनले म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पुनः अस्वीकार गरिदिएको थियो ।

सैनिक नेतामाथि प्रतिबन्ध लगाउने कदमले तनाव मात्र बढाउने राष्ट्रसङ्घका लागि चिनियाँ दूतले दाबी गरेका थिए । अघिल्लो शनिवार एकै दिन सय जनाभन्दा बढी प्रदर्शनकारी मारिएपछि ब्रिटेनको आग्रहमा परिषद्‌को आपत्‌कालीन बैठक डाकिएको थियो ।

सैन्य कू यता कम्तीमा ४३ जना बालबालिका सशस्त्र फौजबाट मारिएको सेभ द चिल्ड्रेनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।