जिरा पानी पिउँदा यस्तो छ चामत्कारीक फाइदा

0
102

आजको ब्यस्त जीवनमा खानपिन र स्वास्थ्यका बारेमा कसैले पनि ध्यान दिने गरेको पाइँदैन । यस्तो अवस्थामा शरीरको बनावट बिग्रिन्छ । जब शरीर बढ्न थाल्छ हामी डाइटिङ र जीमको सहारा लिन पुग्दछौं । यदि हामीले बुद्धि पुर्याऔं भने हामीले आफ्नो शरीरलाई घर बसेर नै भनेजस्तो आकारको बनाउन सक्दछौं । यसका लागि घरेलु औषधीहरु मध्ये एक जिराको बारेमा जानकारी लिऔं ।

हुनतः जिरा एक मसला हो । यसलाई धेरै प्रकारका परिकारहरुमा प्रयोग गर्ने गरिन्छ । नेपाली समाजमा यसलाई विशेष गरी माछामासुका परिकारमा प्रयोग गर्ने गरिन्छ । जिरा स्वादका लागि मसलाका रुपमा मात्र नभई शरीरको बोसो कम गर्न पनि यो धेरै उपयोगी मानिन्छ । बिहान खाली पेटमा भिजाएर पिउँदा मोटोपन घट्दछ । आउनुहोस् अब जिराको पानी पिउने दुई तरिका बारे चर्चा गरौं ।

१. जिरा पानी र दालचिनीको पाउडरः पहिलो तरिका अनुसार जिरा पानीलाई रातभर भिजाउने र बिहान एक चिम्टी दालचिनीको धुलो मिलाएर पिउँदा तौल घट्दछ । दालचिनीमा एन्टिइन्फेमेन्टरी गुण पाइन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्दछ । शरीरलाई आवश्यक नपर्ने कणहरुलाई शरीर बाहिर निकाल्दछ ।

२. अर्को तरिका जिरा पानी र मेथीको प्रयोगः यी दुबैलाई हल्का आँचमा उमाल्ने । यसको पानीलाई छानेर पिउँदा पनि शरीरको मोटोपन हराएर जान्छ । मेथीले पाचन सुधार्नुका साथै हर्मोन सम्बन्धी समस्या काम गर्दछ ।

जिरा पानीमा भिजाउँदा अस्मोसिस नामको प्राकृतिक प्रक्रिया हुन्छ र जिरामा रहेको प्राकृतिक तत्व पानीमा मिल्दछ । यसले गर्दा पानी हल्का पहेँलो हुन्छ । यस्तो पानी पिउँदा तौल बढ्दैन । जिरामा मात्र ७ क्यालोरी हुने भएकाले यो तौल घटाउन फाइदाकारी हुन्छ ।

जिरा पानीमा फाइभर पनि पाइन्छ र यसले शरीरका खराब टक्सिक बाहिर निकाल्दछ । यसले शरीरको प्रतिरोधात्मक शक्ति बढाउँछ । जिरा पानीका अतिरिक्त कम क्यालोरीयुक्त खाना खाने र शारीरिक व्यायाम गर्ने बानी बसाल्दा शरीरका लागि राम्रो हुन्छ ।

एजेन्सीकाे सहयाेगमा