नयाँ वर्षको शुरुआतीमा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

0
44

काठमाडौँ, १ बैशाख २०७८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुरुआतीका दिन राष्ट्रका नाममा सम्बोधन गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट प्रम ओलीले बिहान ८ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले हरेक नयाँ वर्षको पहिलो दिन राष्ट्रका नाममा सम्बोधन गर्दै आइरहेका छन् ।