प्रचण्डकी श्रीमती सीताको अवस्था यस्तो नाजुक भन्दै छोरी रेणुले फोटो पोस्ट

0
178

काठमाडौं, प्रचण्डकी श्रीमती सीताको अवस्था यस्तो नाजुक भैसकेको रहेछ हेर्नुस् उनैकी छोरी रेणुले ट्विटर मा पोस्ट गरेको यो फोटो ।

अर्को फोटो हेर्नुस् प्रचण्डको, फोटोवाला सम्बोधनमा प्रचण्डले नेपाल पत्रकार महासङ्घमा हामीले जित्यौँ, ओलीलाई हरायौँ, आउने चुनावमा पनि ओली लाई चौथो नम्बरमा पुर्‍याउनुपर्छ भन्दै भाषण गर्दै थिए कुम उचाली उचाली ।

त्यति मात्र होइन प्रचण्डले ओली सरकार ढालिने भयो, केही दिनमा हामीले नयाँ सरकार बनाउँदै छौँ भन्दै जनतालाई बधाई दिएर हिँडिरहेका छन् । तर यो फोटो हेर्दै गर्दा केही जिज्ञासाहरू तैरिए मनमा – आफ्नी श्रीमती / जीवन सङ्गिनीको यस्तो अवस्थामा पनि प्रचण्ड श्रीमतीसँग किन बस्दैनन् ?

उनलाई जीवनको यो अन्तिम क्षणमा किन साथ दिएका छैनन् ? अलिकति मानवीयता र लोकको लाज हुन्थ्यो भने प्रचण्डले श्रीमती सीतालाई यस्तो बेलामा साथ दिने कि दुनियाँ हँसाउँदै भाषण गर्दै हिँड्ने ? छोरीले आमा हेरिरहेका देखिन्छन् तर बुहारी बिनाले सासू किन हेर्दिनन् ? किन समय दिन्निन सासुका लागि ? खयर उनीहरूको परिवारको कुरा उनीहरूले नै जानुन् । हुन त सीताको यो अवस्था देख्दा टिठ मान्छन् मान्छेहरू तर सीता प्रचण्ड कि श्रीमती मात्र होइनन् माओवादीको कथित जनयुद्धकी एक कमान्डर पनि हुन, श्रीमान् जस्तै अराजक र श्रीमान् सँगसँगै रहेर हजारौँको कोख रित्याउने, अपराधहरूमा हिस्सेदार उनी पनि हुन ।

उनी अपराधहरूमा हिस्सेदार भए पनि यस्तो अवस्थामा आफुखाने शत्रुलाई पनि नराम्रो नचिताउनु भन्छन् त्यसैले सीताको शीघ्र स्वास्थ्य लाभको कामना गरौँ । सीताजी तपाईँ अझै बाँच्नुहोस्, बाँच्नुपर्छ, तपाईँले अझ धेरै देख्न बाँकी छ, देख्नु पर्छ । तपाईँलाई निको होस ।

रगत र आँशुले पोल्छ । आफुलाई मात्र होइन सात पुस्तालाई पनि पोल्छ । धर्म गरौं, कर्म गरौं । सत्मार्गमा हिँडौं । पाप र कुकर्म भुलेर पनि गर्दै नगरौं । हाम्रो हार्दिक आग्रह सबै सँग ।
पापी, अधर्मी, दुष्टहरू बलेको आगो ताप्छन् । पावर मात्र हेर्छन् । उनीहरू फाइदा र घाटा हिसाब किताब गरेर मात्र गोहीका आँसु चुहाउँछन् । अन्यायमा परेका निर्दाहरुलाई कसले हेर्ने ? को बोल्ने तिनका लागि ? को रुने ?

प्रचण्ड र बाबुरामको निर्देशनमा उनैका जल्लादहरूले आफ्नो सत्र बर्से छोरा मारिदिए पछि न्यायका लागि अनशन बस्दा बस्दै बाबु नन्दलालले ज्यान गुमाए, उनको लास शिक्षण अस्पतालको फ्रिजमा सडिरहेको त्यसको बारेमा कोही किन बोलुन् । आमा गङ्गामाया अनशनमा छन्, न्याय मरिरहेको छ कोही किन बोलुन् ! सबैले बलेको आगो ताप्ने न हुन । सीता दाहाललाई आमा भन्दै कोकोहोलो मच्चाउनेहरुले नन्दमाया आमालाई किन आमा देख्दैनन् ? के उनीहरूको आँखामा फुलो परेको हो र ? बि पि पुडासैनी