त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट शृखंला आजबाट शुरु

0
56

काठमाडौं, ४ बैशाख २०७८। नेपाल, मलेशिया र नेदरल्यान्ड्सबीच आयोजना हुने त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट शृखंला आजबाट शुरु हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा आजबाट शुरु हुने त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल, मलेशिया र नेदरल्यान्ड्स सहभागी रहेका छन ।

आज हुने उद्घाटन खेल आयोजक नेपाल र नेदरल्यान्ड्सबीच हुनेछ । खेल आज दिउँसो १ः१५ बजेबाट शुरु हुनेछ ।

यसअघि शुक्रबार प्रतियोगिताको ट्रफी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्यान्ड्सका कप्तान पिटर सिलर र मलेशियाका कप्तान अजिजले संयुक्त रुपमा सार्वजनिक गरेका छन ।

कोरोना भाइरसको संक्रमण दर फैलिने त्रासकाबीच आयोजना हुन लागेको शृखंलामा महामारीबाट जोगिन होटलदेखी मैदानसम्म अपनाउनुपर्ने सबै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको शृखंलाका निर्देशक माधव कर्माचार्यले जानकारी दिए ।

त्यस्तै क्यानका महानिर्देशक रौनक मल्लले खेल हेर्न दर्शक दीर्घाका लागि टिकटको व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रतियोगितामा सहभागी सबै खेलाडीको कोरोना परीक्षण भइसकेको श्रृंखलाका निर्देशक कर्मचार्यले जानकारी दिएका छन ।