पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कुम्भ मेला फापेन ! कोरोना संक्रमण

0
74

काठमाडौं, ७ बैशाख २०७८ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर फर्किएका शाह दम्पतीमा कोरोना पुष्टि भएको हो ।

उनीहरुले स्वदेश फर्किएपछि कोरोना संक्रमण परीक्षण गराएका थिए । परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम पनि शुरू भएको छ ।

यसअघि सोही कुम्भ मेलामा सहभागी भएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए । हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रे हरिद्वारमा जारी महाकुम्भमेलामा सहभागी हुन उनी भारत पुगेका हुन् ।