वीर अस्पतालको नयाँ भवनमा उपचारको तयारी

0
73

काठमाडौं, बुधबार, ८ बैशाख २०७ । कोरोना संक्रमणको दोस्रो लहर बढेसंगै वीर अस्पतालको नयाँ भवनलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्ने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीर अस्पतालको नयाँ सर्जिकल भवनलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्ने तयारी गरेको हो ।

स्वास्थ्य मन्त्रालयले मंगलबार भर्चुअल पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमित बढ्दै गए संक्रमितको उपचारका लागि वीर अस्पतालको सर्जिकल भवनलाई पनि प्रयोग गरिने स्वास्थ्य सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।

नेपालमा कोरोना संक्रमणको गति यही रुपमा बढ्दै गए जेठ अन्तिम सम्ममा दैनिक ११ हजारसम्म संक्रमित हुनसक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले बताउनु भयो ।

आगामी दिनमा संक्रमित बढ्दै जाने र भर्ना गर्नुपर्ने तथा सिकिस्त बिरामी पनि बढ्नसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले वीर अस्पतालको नयाँ सर्जिकल भवनमा शय्याको व्यवस्थापन गरी संक्रमितको उपचार गर्ने बताएको छ ।

त्यस्तै अन्य स्थानका अस्पतालहरुलाई पनि कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा राखिने डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।