थोरै पाहुनासँग रमाएको ठमेल

0
57

काठमाडौँ, बुधबार, ८ बैशाख २०७८ । विकसित देशतिर सहरहरू प्रायः रातमा व्यस्त हुन्छन्। मानिसहरू दिनमा भन्दा रातमा घुम्ने गर्छन्। नेपालका सहर भने बेलुका ८ बजिनसक्दै सुनसान हुन्छन्। राजधानी उपत्यकाभित्र प्रशासनले ९ बजेपछि होटल रेस्टुरेन्ट बन्द गर्न निर्देशन दिएको छ। कोभिड सुरु भएयता त ८ बजे नै प्रहरी होटल बन्द गर्न भन्दै ढोका ढकढक्याउन पुग्छ।

राजधानी उपत्यकामा अलि अबेरसम्म नसुत्ने सहर भनेको ठमेल नै हो। उपत्यकाभित्र ठमेलको रात्री जीवन अलि बेग्लै छ। यहाँका होटलमा गुन्जने म्युजिक सुन्ने र आनन्द लिने रहर प्रायः सबैलाई हुन्छ। विदेशी पर्यटकले भरिभराउ हुने भएकोले यो क्षेत्रमा प्रहरीले त्यति कडाइ पनि गर्दैन।

हुन पनि ठमेल पुग्दा विदेशकै कुनै सहरमा पुगेजस्तो महसुस हुन्छ। तर एक वर्षयता भने ठमेलको व्यापार सुकेको छ। म्युजिक गुन्जने, पर्यटकको भीडभाड हुने र विभिन्न किसिमका बिजुली बत्तीले चम्कने यो सहर एक वर्षदेखि सुनसानजस्तै छ। ठमेलको ‘नाइट लाइफ’ र कोभिडको प्रभावबारे बुझ्न सोमबार राति फन्को लगाउँदा सीमित होटल तथा रेस्टुरेन्ट ‘प्याक’ देखिए पनि गल्लीका साथै धेरैजसो होटल सुनसान थिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।