गोरखा जिल्ला खेलकुद बिकास समिति सदस्यमा उज्वल लामिछाने मनोनयन

0
494

गोरखा, सोमबार, १३ बैशाख २०७८ । गोरखा जिल्ला अन्तर्गत जिल्ला खेलकुद बिकास समितिको सदस्यमा उज्वल लामिछानेलाई मनोनयन गरिएको छ ।

गोरखाको भिमसेन थापा गाउँपालिका निवासी उज्वल लामिछानेलाई प्रदेश सरकार मन्त्रीपरिषदको २०७७ फागुन ९ गतेको निर्णय अनुसार रास्ट्रिय खेलकुद बिकास ऐन २०७७ को दफा २४ को उपदफा ३ तथा प्रदेश खेलकुद बिकास ऐन २०७७ को दफा ३० को उपदफा १ बमोजिम गोरखा जिल्ला अन्तर्गत जिल्ला खेलकुद बिकास समितिको सदस्यमा उज्वल लामिछानेलाई मनोनयन गरिएको उप सचिव तेज प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

गोरखा जिल्लाको खेलकुद संरक्षण, सम्बर्दन र बिकास गर्नेमा महत्वपुर्ण जिम्मेवारी सुम्पिएको हुदाँ तोकिएको जिम्मेवारी प्रभावकारी रुपमा कार्य सम्पादन हुने आशा गरिएको छ ।