घर फर्कनेका लागि कांग्रेसका युवा नेता डम्बर खड्काले उपलब्ध गराए नि:शुल्क गाडी

0
1273

इलाम, १५ बैशाख २०७८ । नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काले काठमाडौंबाट इलाम आउने गरिब, असहाय र विद्यार्थीका लागि निशुल्क यातायात सेवा उपलब्ध गराएका छन् ।

बिस्वब्यापी रूपमा फैलिएको कोरोना मांहांमारीको दोस्रो लहरको कारणले भएको उपत्यकामा निशेधाज्ञाका कारण आफ्नो गृहजिल्ला फर्कनका लागि यातायात नपाएर रहेका इलामका नागरिकहरुलाइ ४ वटा हाईस मार्फत जिल्लाका ६० जनालाई इलाम ल्याईदै गरेको बताईएको छ । खड्काले घर आउनेहरुका लागि निशुल्क माइक्रोको व्यवस्था गरेका हुन । घर फर्किन नसकेका विद्यार्थी, गरिव र असाहयका लागि इलाम सम्म आउनका लागि हायसको निशुल्क ब्यवस्था गरिएको नेता खड्काले नयाँ बुलन्दलाई जानकारी दिए ।

काठमाडौंको कोटेश्वरमा रहेको इलामेली हायसको काउन्टरबाट निशुल्क इलाम सम्म आउने व्यवस्था गरिएको थियाे । नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष एबं नेपाली कांग्रेस केन्द्रीय खेलकुद बिभाग सदस्य समेत रहेका खड्काले युवा समाजसेवीको पहिचान नै बनाई सकेका छन् ।

खड्काले गत साल पनि लकडाउन हुनु अघी काठमाडौ बाट इलाम फर्कनेहरुका लागि सवारी निःशुल्क उपलब्ध गराएका थिए । त्यती मात्र होइन उनले कोभीड १९ को प्रकोप पछि नेपालमा लगाईएको लकडाउनमा घर घर पुगेर समस्यामा परेकाहरुलाई सहयोग गरेका थिए भने सोही बेला करिव २१ लख बराबरको चामल सहित नुन र २० हजार थान माक्स निःशुल्क बितरण गरेका थिए ।

नेता खड्काले जिल्लामा अप्ठ्यारो परेका गरिव असाहयलाई सहयोग गर्दै आएका छन । उनले बिरामी भई अस्पतालमा उपचार गराउन नपाएका देखि बिदेशमा अलपत्र परेका नेपालीलाई देखी लिएर जिल्लाका मठ मन्दिर, गुम्बा लगायतका धार्मीक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका छन । समाजसेबी भएकै कारण उनी राष्ट्रिय सम्मान बाट समेत सम्मानित समेत भईसकेका छ्न । खड्का इलाममा सन्चालित चियाबारी एफ.एम. इलाका अध्यक्ष तथा निर्माण ब्यवसायी समेत हुन ।