भारतमा कोरोना संक्रमण र मृत्यु दरकाे नयाँ रेकर्ड, एकै दिन ४ लाख बढी संक्रमित

0
40

एजेन्सी, १८ बैशाख २०७८ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको गतिले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४ लाख २ हजार ११० जना नयाँ संक्रमित थपिएका छन । यो संख्या अहिलेसम्मकै उच्च हो ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितहरुको कुल संख्या १ करोड ९१ लाख ५७ हजार ९४ पुगेको छ ।

भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्याले पनि नयाँ किर्तिमान बनाएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जनाको मृत्यु भएको छ । एकै दिन मृत्यु भएको यो संख्या पनि अहिलेसम्मकै उच्च हो ।

यो संख्यासंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २ लाख ११ हजार ८३५ पुगेको छ । हालसम्म भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २ सय नाघेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टाको अवधिमा संक्रमण र मृत्यु दरका हिसाबले दोस्रो स्थानमा रहेको ब्राजिलमा ७३ हजार बढी मानिसहरु संक्रमित भएका छन । त्यस्तै २ हजार ८७० जनाको मृत्यु भएको छ ।

त्यसैगरी अमेरिकामा पछिल्लो २४ घण्टामा ५८ हजार १७० जना नयाँ संक्रमित थपिएका छन । कोरोनाका कारण थप ७५३ जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।