फुलबुट्टे सारीमा गाएकी वियोन्सेकाे नयाँ गीत ल्यासी पाउ (भिडियाेसहित)

0
57

काठमाडौं, आइतबार, १९ बैशाख २०७८ । फुलबुट्टे सारीबाट नेपाली गीत संगीतमा चर्चामा आएकी युगान्डाकी गायिका वियोन्सेले फेरि अर्को नयाँ गीत ल्यासी पाउ ल्याएकी छन् ।

फुलबुट्टे सारीका संगीतकार राजनराज सिवाकोटीकै संगीतमा उनले यो नयाँ गीत आफ्नो स्वरमा बजारमा ल्याएकी हुन् । यति बेला अर्को नयाँ गीत बरी लै बरी…को तयारीमा रहेकी यी गायिकाले ल्यासी पाउको भिडियो पनि सार्वजनिक गरेकी छन् ।

नेपाल घुम्न आएको बेला ट्रेन्डिङमा रहेका कारण आफूले फुलबुट्टे गीत गाएकी वियोन्सेले यो नयाँ गीत भने अर्जिनल भर्सनमा गाएकी हुन् । मन्दिरा ढुंगेलले शब्द रचेको ल्यासी पाउ गीतलाई राजनराजले माधुर्य बनाएका छन् ।

राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा राजनराज र बियोन्सेले नै अभिनय गरेका छन् । अघिल्लो गीत जस्तै यो गीतबाट पनि आफू चर्चामा आउने उनको विश्वास छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।