एक घण्टामै मुख्यमन्त्री पोखरेल अल्पमतमा, कति दिन टिक्ला पद ?

0
36

काठमाडौं, १९ बैशाख २०७८ । नेकपा एमालेको बहुमतको सरकार बनाउन आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोखरेल पुन: नियुक्त भएका छन् । उनी अहिले बहुमत प्राप्त दलको नेताको हैसियतले मुख्यमन्त्री बनेका हुन् ।

तर, उनी नियुक्त भएको एक घण्टामै अल्पमतमा परेका छन् । आफ्ना पार्टीका चार सांसदले साथ छोडेपछि पोखरेल अल्पमतमा परेका हुन् ।

पोखरेलको राजीनामा लगत्तै सांसद बिमला वली नेकपा माओवादीमा प्रवेश गरेकी छन् । दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी वली आफू खुसीले नै दल रोजेको बताएकी छन् ।

यस्तै, कपिलवस्तुबाट निर्वाचित एमाले सांसद दुगनारायण पाण्डेले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् ।

यता, कपिलवस्तु–२ २ का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी अजय शाहीले पनि मुख्यमन्त्रीको साथ छोडेका छन् । उनीहरु विपक्षी गठबन्धनमा लागेर नयाँ सरकार गठन गर्न लागेका छन् ।

लुम्बिनीमा ८१ सदस्यीय प्रदेश सभामा बहुमतको सरकार गठन गर्न ४१ सांसद चाहिन्छ । तर, अहिले पोखरेलको साथमा ३७ सांसद मात्रै बाँकी रहेका छन् । अहिलेको परिस्थितिमा अन्य दलले साथ नदिने स्पष्ट छ ।

४२ सांसदले हस्ताक्षर नै गरेर प्रदेश प्रमुखलाई शपथ नगराउन पत्र नै बुझाइसकेका छन् । प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका २ र जनमोर्चाका १ सांसद छन् । अब मुख्यमन्त्री पोखरेलको पद कति दिन कायम रहन्छ हेर्न बाँकी छ ।