दक्षिण अफ्रिकाका २० वर्षीय युवा फास्ट बलर भए राजस्थान रोयल्सको टिममा अनुबन्धित

0
24

काठमाडौँ, १९ बैशाख २०७८ । राजस्थान रोयल्सको टिमले दक्षिण अफ्रिकाका २० वर्षीय फास्ट बलरलाई टिममा भित्राएको छ । राजस्थानले दक्षिण अफ्रिकाका जिराल्ड कोएत्जीलाई टिममा भित्राएको हो ।

राजस्थान रोयल्सले इंल्याण्डका खेलाडी लियाम लिभिंगस्टोनको स्थानमा जिराल्डलाई टिममा भित्राएको हो ।

लियम लिभिंगस्टानले व्याक्तिगत कारण देखाउदैँ आईपिएलबाट आफ्नो नाम फिर्ता लिएका थिए । २० वर्षीय युवा फास्ट बलर जिराल्ड कोएत्जीले ८ टि-२० खेल खेलेका छन जसमा उनले २३.३३ को औसतले ९ विकेट लिएका छन ।

त्यसैगरी अष्ट्रेलियाका फास्ट बलर एन्ड्रयु टायको स्थानमा पनि राजस्थानले दक्षिण अफ्रिकाकैँ विस्फोटक ब्याटसम्यान रसि भ्यान डर डुसेरलाई टिममा अनुबन्धित गरेको छ ।

राजस्थानले यस आईपिएलमा ६ खेल खेल्दाँ २ मा जित निकालेको छ भने अकं तालिकामा सातौँ स्थानमा रहेको छ । राजस्थानले आज सनराईजर्स हैदरावादको सामना गदैँ छ ।