मार्च २९ मा हुने प्रथम एनआरएनए कान्तो रनिङ कपको लागि टिम दर्ता खुल्ला

0
120

मार्च २९ मा हुने प्रथम एनआरएनए कान्तो रनिङ कपको लागि टिम दर्ता खुल्ला जापान । गैरआवसीय नेपाली संघ जापान कान्तो क्षेत्रिय कमिटीले प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० गर्ने भएको छ । आगमी मार्च २९ तारिख जापान भरिको खेलप्रेमीहरुलाई समेटेर प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० गर्ने भएको हो । प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० मा प्रथम हुनेलाई कप,रनिङ शिल्ड साथै नगद ५ लाख १० हजार येन पुरस्कार दिने घोषणा गरेको कार्यक्रम संयोजक तथा एनआरएनए कान्तोका सहसचिव मनोज श्रेष्ठले जानकारी दिनुभयो । साथै दोस्रो हुनेलाई २ लाख ५० कप,सेमि फाईनालिसटलाई जनही ५०,५०हजार येन र कप, अनुशासित टिमलाई कप ,वेस्ट प्लेअरलाई कप तथा नगद,हाई स्कोरलाई कप तथा नगद,वेस्ट स्ट्राइकरलाइ कप तथ नगद,प्ले अफ द लिगलाइ पनि कप दिने जनाएको छ । फुजिमोरी पार्क हाचिओजीमा हुने उक्त खेललाई नेपाल फुटवल संघ जापान र गैरआवसीय नेपाली संघ जापानले सपोर्ट र मातृसन्देश डट कटले मिडिया सपोर्ट गरेको छ । उक्त प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० मा सहभागि हुनको लागि ४१ हजार येन दर्ता शुल्क लाग्ने एनआरएनए कान्तोका अध्यक्ष राकेश रुम्बाले जानकारी दिनुभयो । उक्त खेलमा टिम सिमित मात्र खेलाउने भएकोले समयमा नै आफ्नो टिमको दर्ता गरी ठाउँ सुरक्षित गर्न पनि आयोजना