संसद बैठक डाक्न सरकारसँग माग : कांग्रेस

0
77

काठमाडौं, १७ बैशाख २०७७ । नेपाली कांग्रेसले संसद बैठक डाक्न सरकारसँग माग गरेको छ ।

बजेटबारे छलफल गर्न ढिला हुने भन्दै बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले छिटो संसद बैठक डाक्न माग गरेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले अबिलम्ब संसद बैठक बोलाउनुपर्ने केन्द्रीय समितिले माग गरेको जानकारी दिए । ‘बजेटबारे छलफल गर्न अब समय ढिलो हुन्छ। अबिलम्ब संसद बैठक बोलाउनुपर्छ,’ उनले भने।

कांग्रेसले प्रतिपक्षी भूमिकालाई थप प्रभावकारी बनाउने पनि बताएको छ । कोरोना संक्रमण संकट रोकथामका लागि सरकारले प्राथमिकता नदिएको कांग्रेसको आरोप छ।