हरायो….लहलह सुन केशरी सरि झुल्ने धानका फाँट हरायो

0
234

सुजन राज भट्ट
नेपाली साहित्यिक मन्च फ्रान्स

झर झर कल कल झरना रहेनन् मुहान नै सुकेपछि
मुहारमा चमक श्रृङ्गार बेकार छ भित्री मुटु नै दुखेपछि
लिपुलेक लिम्पियाधुरा कालापानी हरायो
घर भित्रै छिमेकीले आयो पिट्यो गोर्खाली सान हरायो ।

” भित्रै सबै हरायो” …..
विकास हो कि विकृति थाहा छैन हिजो आज लाज हरायो
आमा घरले नै पाहुना जस्तो ठान्छ मामाघर हरायो
आटि गुच्चा खेलेका बलेसि आगनि मझेरी हरायो
पुर्खाले जोगाई राखेको बडेमानको सालका रुख हरायो
खण्डहर देखिन्छ सारा हरियो बन नेपालको धन नै हरायो।

लहलह सुन केशरी सरि झुल्ने धानका फाँट हरायो
उकाली ओराली भन्ज्याङ चौतारीले बिर्सिसके जाने आट हरायो
चिर चिर चुर चुर गर्ने भँगेरा खै कता गएछ यता बिस्कुन हरायो
सुसेली हालेर बन पाखामा खै के पिरती गास्नु मुना मदन हरायो
नारीअस्मिताको कुरा गर्छन् यहाँ स्कुल गएकि छोरी हरायो ।

तला भरि अन्न वाली भरिभराऊ भकारी कठै अहिले तलै हरायो
आफन्त परिवार बुढा पाका झम्के साँझ मेरो गाउँ नै हरायो
माना पाथी ढिकी झातो गाग्री ताउलो हलो जुवा गोरु हरायो
सबै फाँट रोइरहेछन् बनमाराले खाइसक्यो यहाँ फालि हरायो
भट्ट र मास लटरम्म फल्ने ति आली हरायो

लुटियो जस्तो लाग्छ मलाई सर्वस्व अहिले जहाँ विश्वास हरायो
विकास हो कि विनाश नियत ले हो कि नियतिले यस्तो गरायो ।