आज विश्व प्रेस स्वतन्त्रता दिवस

0
131

काठमाडौं २१ बैशाख २०७७ । आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस। यस वर्ष ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ नारासहित यो दिवस मनाइँदैछ। सन् १९९३ को संयुक्त राष्ट्रसङ्घीय महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो।

यस वर्ष कोरोना सङ्क्रमणका कारण कार्यक्रम नभए पनि नेपाल पत्रकार महासङ्घ लगायतले प्रेस स्वतन्त्रताबारे डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन÷प्रसारणमार्फत विविध कार्यक्रम आयोजना गरी दिवस मनाउँदैछन्।

प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, पत्रकार सुरक्षाको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकारिता पेसा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूलाई सम्मान गर्दै यो दिवस विश्वभरि मनाइन्छ। रिपोर्टर विदाउट बोर्डर (आरएसएफ) ले प्रकाशित गरेको सन् २०२० को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल ११२ औं स्थानमा छ। आरएसएफको वाार्षिक विश्लेषणअनुसार नेपाल १८० देशमध्ये ३५।१० अङ्कसहित गतभन्दा भन्दा ६ स्थान तल ११२औँ स्थानमा पुगेको छ।

गत वर्ष २०१९ मा नेपाल सूचीको १०६औँ स्थानमा थियो। सन् २०१८ मा भने नेपाल यो सूचीको १००औँ स्थानमा थियो । बहुलवाद, सञ्चारमाध्यमको स्वतन्त्रता, स्वनियन्त्रण, पारदर्शिता, पूर्वाधार, हिंसा तथा दुुव्र्यवहारलगायत सूचक विश्लेषण गरी यो सूचकाङ्क तयार गरिने आरएसएफले जनाएको छ।

दक्षिण एसियामा नेपालको स्थान भुटान र माल्दिभ्सभन्दा पछाडि छ। यो वर्ष भुटान ६७औँ र माल्दिभ्स ७९औँ स्थानमा छन्। अफगानिस्तान १२२औँ, श्रीलङ्का १२७औँ, भारत १४२औँ, पाकिस्तान १४५औँ र बङ्गलादेश १५१औँ स्थानमा छ।

नेपाल पत्रकार महासङ्घले २०५६ सालदेखि नेपालमा हुने प्रेस स्वतन्त्रता हननका घटनाहरूकोे अभिलेखीकरण गर्दै आएको छ। नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइमा २०७६ सालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएको महासङ्घले जनाएको छ। यसबाट ९४ पत्रकार तथा तीन सञ्चार संस्था गरी ९७ पीडित बनेको उल्लेख छ।