मुलुकमा दुरदर्शी र दीर्घकालीन सोच भएका नेताहरू कोही पनि छैनन ।

0
102

नेपाली नागरिकहरुका लागि दु:खद कुरा हाम्रो मुलुकमा दुरदर्शी र दीर्घकालीन सोच भएका नेताहरू कोही पनि छैनन ।

राजनीतिक दलहरुका नेताहरूको स्वार्थ कहाँ को को संग जोडिएको हुन्छ । यसकारण मुलुकमा एक पछि अर्को नागरिकहरुको ध्यान मोड्न र झुक्याउन समय समयमा नयाँ नयाँ कुराहरू आइरहेको हुन्छ ।

राष्ट्रियतालाई कमजोर बनाउन नरेन्द्र मोदीको पुत्ला दहन, सी जीनपिंगको पुत्ला दहन, भारतीय दूतावास र चीनिया राजदुतावास अगाडि प्रदर्शन गरेर कुनै काम छैन । दोषी र जिम्मेवार हाम्रो मुलुकका नेताहरू हुन । प्रमाणहरु मेटाउने काम पनि भएको हुन सक्छ ? यसकारण सर्वप्रथम वास्तविक नक्सा र प्रमाण जुटाउने काम गरौं । नेपाल सरकारमा दम्भ आँट र हिम्मत भए नापी विभागबाट सीमाना नाप जांच गर्ने काम गरौं ? अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न नापी शाखा वा नापी विभागमा पुर्व, पश्चिम, उत्तर र दक्षिण नेपालको सीमाना यहाँ सम्म नै हो भन्ने कसैलाई थाहा छ ? यकिन छ ? प्रमाण छ ? किल्ला (खम्बा) छ ? थाहा छैन भने अन्दाजीको भरमा हावादारी कुरा कसैले पनि नगरौं ?

सरकार के का लागि हो ? परराष्ट्र मन्त्रालय के का लागी हो ? सीमा बारे समस्या समाधान गर्ने काम सरकारको हो तर सरकारले चाँहदैन । भागबन्डामा सबैको मिलोमतो छ । माधव कुमार नेपाल, झलनाथ खनाल, के पी शर्मा ओलीलाई, पुष्प कमल दाहाल, बाबुराम भट्टराई, शेर बहादुर देउवा, रामचन्द्र पौडेल, बामदेव गौतम र चित्र बहादुर के सी आदि आदि जस्ता नेताहरूलाई सीमा मिचिएको र बेचिएको आदि आदि सम्बन्धि वास्तविक कुरा के हो सबैलाई थाहा छ । तर सीमाको समस्या समाधान हुंदैन कोही पनि चोखो छैनन ?

स्वतन्त्र नेपाली नागरिक:
राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२
मोबाइल नम्बर: ९८४८०५५७७६, ९८१२४९१३९७