नक्कली प्रेस कार्ड बोकेर चोरी गर्ने दुई जना चाबहिलबाट पक्राउ

0
103

नक्कली प्रेस कार्ड बोकेर चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार महानगरीय अपराध महाशाखा र प्रहरी वृत्त गौशालाबाट खटेको टोलीले दुई जनालाई प्रेस कार्ड तथा चोरीका सामान सहित पक्राउ गरेको हो।
प्रहरीले सुनसरी ईटहरी उपमहानगरपालिका १४ घर भई काठमाडौंको धुम्बाराही बस्ने २१ वर्षीय आश्रय रिजाल हिमाल र बारा बड्की फुलबारी गाउँपालिका ३ घर भइ काठमाडौं ओमबहाल बस्ने २८ वर्षीय अलि आलम मियालाई पक्राउ गरेको हो।