कोरोनाको कारण बढिरहेको छ एक्लोपन र चिन्ता

0
45

काठमाडौँ, सोमबार, ८ असार २०७७ । संयुक्त राष्ट्र महासभाका अध्यक्षले कोरोना भाइरस (कोभिड–१९) ले जनजिवन अस्त–ब्यस्त गरेको बताएका छन् । छैठौँ अन्तराष्ट्रिय योग दिवसको अवसरमा उनले मानिसहरुमा एक्लोपन बढेको जसको कारण चिन्ता पनि बढेको औलाउदै आजको यो समयमा झन योगको धेरै नै महत्व रहेको बताए ।

यो बर्ष २१ जुनमा परेको अन्तराष्ट्रिय योग दिवस कोभिड–१९ संक्रमणबाट बच्न लगाइएको लकडाउन र सामाजिक दुरीको नियमलाई मध्यनजर गर्दे डिजिटल तरिकाले मनाइएको छ ।

महासभाका अध्यक्ष तिजानी मोहम्मद बन्दे ले डिजिटल सन्देशमा भने, ‘वैश्विक महामारी कोभिड–१९ को कारण जनजीवन अस्तब्यस्त भएको छ । सामाजिक दुरीको कारण एकान्तपन बढेको छ, आर्थिक मन्दिको कारण ब्यग्रता बढेको छ र रोग लाग्ला भन्ने डर र आफन्तको चिन्ताले पनि मानिसहरुलाई सताइरहेको छ ।’

उनले अगाडि भने, ‘वैश्विक महामारीको कारण जुन चिन्ता पैदा भएको छ त्योसँग लड्न तथा चिन्तासँग जुझिरहेका मानिसहरुको मद्यत गर्नको लागी हामीलाई थाहा छ कि योग गर्नु कति महत्वपुर्ण छ ।’