नेपालमा बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण

0
44

काठमाडौं, बुधबार, १० असार २०७७ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप सङ्क्रमितमध्ये ११० जना महिला र ५१९ पुरुष रहेका छन् । काठमाडाैंका एक पुरूष र भक्तपुरका एक महिलालाई पनि कोरोना लागेको पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दश हजार ७२८ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

डिस्चार्ज

यस्तै, थप ११४ जना निकाे भएर डिस्चार्ज भएका छन् । थप ८ महिला र १०६ पुरुष डिस्चार्ज भएका हुन् । कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार ३३८ पुगेकाे छ ।

रेड जाेन

रेड जाेनमा ललितपुरका एक जना थपिएसँगै सङ्ख्या ५०९ पुगेकाे छ ।