जिल्लाको भीमसेनथापा गा पा -६ अश्राङकी महिलाले जितिन कोरोना

0
94

गोरखा, बिहिबार, ११ असार २०७७ । गोरखा अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिला उपचार पछि निको भएर घर फर्कनु भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका–६ अश्राङकी २८ बषिर्य महिलाले कोरोनालाई जितेर आज अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालले जनाएको छ ।

दोस्रो पटकको स्वाँब परीक्षणका क्रममा पनि रिर्पोट नेगेटिभ आएपनि उहाँले डिस्चार्ज गरिएको हो । जेठ २८ गते संक्रमणको पुष्टी भएपछि उहाँ २९ गते गोरखा अस्पतालको आइसोलेसन वार्डमा उपचारका लागि भर्ना हुनुभएको थियो ।

उपचारपछि निको भएपनि उहाँलाई थप १४ दिन होमक्वारेन्टाइनमा बस्न चिकित्सकहरुले सुझाव दिएका छन् । यो संगै गोरखाको कोरोना संक्रमणबाट निको हुनेको सख्या ९ पुगेको छ ।