अफ्रिकाबाट जुलाई ३ मा चार्टड फ्लाइट हुँदै, नेपाल फर्कन चाहाने नेपालीलाई सम्पर्क गर्न अनुरोध

0
50

काठमाण्डौं, सोमबार, १५ असार २०७७ । विश्वव्यापी कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित तथा तत्कालै नेपाल फर्किनु पर्ने अफ्रिकाका नेपाली बोकेर जुलाई ३ मा इथोपियाबाट चार्टड् फ्लाइट हुँदैछ ।

अफ्रिकाबाट नेपाल फर्कने नेपाली बोकेर यहि जुलाई ३ का दिन बिहान १ बजे इथोपियाको अदिस अबाबाबाट कतार एयरवेजको क्युआर १४२८ चार्टड उडान हुन लागेको गैरआवासीय नेपाली अभियन्ता तथा एनआरएनएका पुर्व केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिएका छन् ।

उक्त विमानबाट नेपाल फर्कन चाहाने इथोपियामा रहेका तथा अन्य देशबाट २ जुलाईसम्म अद्दिस एयरर्पोटसम्म पुग्न सक्ने नेपाली दाजुभाइ तथा दिदी बहिनीले इजिप्टस्थित नेपाली दूतावासमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

त्यसैगरी, दोश्रो चरणमा नाइजेरिया, केन्या, युगान्डा, कङ्गो र अफ्रिकामा रहेका नेपालीको उद्धारका लागि पहल भइरहेको समेत राजदूत अर्यालले जानकारी दिएका छन् ।

थापाले अफ्रिकाबाट थप उद्दार फ्लाइटका लागि नेपाल सरकारसँग थप पहल र समन्वय गरिदिन एनआरएनए अध्यक्ष लगायत सबैमा समेत अनुरोध गरेको छ ।

कोभिड १९ का कारण अफ्रिकामा रोकिएका तथा तत्काल नेपाल जानुपर्ने अवस्थामा रहेका नेपालीको उद्धार व्यवस्थापनका लागि सहयोग पुर्याउने नेपाली दूतावास इजिप्टका राजदूत झविन्द्र अर्याल र नेपाल सरकारलाई अफ्रिकाका नेपालीहरुले हार्दिक आधार व्यक्त गरेका छन् ।