अमेरिकामा ह्वात्तै घट्यो कोरोना मृत्युदर

0
122

एजेन्सी, १५ असार २०७७ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घटेको छ ।

वर्ल्डोमिटरका अनुसार आइतबार २ सय ८५ जनाको संक्रमणबाट ज्यान गएको छ । यो संख्या शनिबारको भन्दा आधा कम हो भने जुन २१ पछिकै सबैभन्दा कम हो ।
संक्रमितदर भने उच्च रहेको छ । बितेको २४ घण्टामा ४० हजार संक्रमित भएका छन् । अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश हो ।

अमेरिकामा कोरोनाबाट हालसम्म २६ लाख ३७ हजार संक्रमित भएका छन् भने १ लाख २८ हजार ४ सय ३७ जनाको मृत्यु भैसकेको छ । १० लाख ९३ हजार उपचारपछि निको भएका छन् । १४ लाख १५ हजार उपचाररत छन् ।