चार्टड उडानमार्फत् कुन देशबाट कति नेपाली फर्किए ?

0
59

काठमाण्डौं, सोमबार, १५ असार २०७७ । कोरोना भाइरसबाट प्रभावित तथा लकडाउनका कारण नेपाल आउनबाट बन्चित भएका ११ हजार ३७१ नेपाली चार्टड उडानमार्फत् देश फर्किएका छन् ।

गैर आवासीय नेपाली संघ (एनअराएनए) का अनुसार भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएको हो । जेठ २२ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न मुलुकबाट कोरोनाका कारण समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्किएका हुन् ।

विदेशमा अलपत्र परेका नेपालीको उद्धार तीव्र गतिमा भइरहेको छ । त्यसका लागि गैरआवासीय नेपाली संघका विभिन्न मुलुकस्थित राष्ट्रिय समन्वय परिषद्हरुले सहकार्य एवं समन्वय गरिरहेका छन् । जेठ २३ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न राष्ट्रबाट नेपाली स्वदेश फर्किएका हुन।

शनिबारसम्म सबैभन्दा बढी कुवेतबाट २ हजार २ जना नेपाली स्वदेश फर्किएका छन् । यस्तै युएईबाट २ हजार १७ जना, साउदी अरेबियाबाट १,२१८, मलेसियाबाट ९२१, बगंलादेशबाट ८१५, कतारबाट ६३८, माल्दिभ्सबाट, ६०४, जापानबाट ४९२, अस्ट्रेलियाबाट २६९, बहराइनबाट ४२०, थाइल्याण्डबाट ३२६, ओमानबाट ३१३, अमेरिकाबाट ४८३, दक्षिण कोरिया २२८, सिंगापुरबाट १४६, बेलायत २२९, हङकङबाट ८९, पाकिस्तान ७२, म्यानमारबाट २६, अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना गरी ११ हजार ३ सय ३१ नेपाली स्वदेश फर्किएका हुन् ।

गैर आवासीय नेपाली संघले विदेशस्थित आफ्ना राष्ट्रिय समन्वय परिषद्लाई अलपत्र नेपालीको सहयोग र उद्धारका लागि गन्तव्य मुलुकका राजदूतावाससँग समन्वय एवं सहकार्य गर्न निर्देशन दिएको गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले जानकारी दिनु भयो । सोही अनुरुप विदेशमा अलपत्रका लागि राहतका विभिन्न कार्य पनि जारी रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।