विश्वभर संक्रमितको संख्या १ करोड ४ लाख २ हजार नाघ्यो

0
41

काठमाडौं, मंगलबार, १६ असार २०७७ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड-१९) को संक्रमणबाट विश्वभर एकै दिन १ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ६० हजार ३ सय ६३ जना संक्रमित भएसगै विश्वभर संक्रमितको संख्या १ करोड ४ लाख २ हजार ३ सय ८९ पुगेको हो ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ४ सय २ छ । यससँगै मृत्यु हुनेको संख्या ५ लाख ७ हजार ५ सय १५ पुगेको छ ।

संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ५६ लाख ४७ हजार ३ सय २९ पुगेको छ भने ४२ लाख ४७ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरस संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९१ हजार २६ जनाको मृत्यु भएको छ ।

२४ लाख २९ हजार २ सय ३४ जना संक्रमित भएकोमा १३ लाख ५६ हजार ९ सय ४५ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६७ हजार ९४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३१ लाख २४ हजार ३४ पुगेको छ । त्यसमध्ये १३ लाख ४९ हजार ४ सय १० जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, एसियाली मुलुकहरुमा ५५ हजार ७ सय ३० जनाको मृत्यु भएको छ । २२ लाख ५६ हजार ३ सय ८४ जना संक्रमित भएकोमा १४ लाख ७६ हजार १ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ८३ हजार ६ सय १० जनाको मृत्यु भएको छ । २१ लाख ८६ हजार २ सय ९५ जना संक्रमित भएकोमा १२ लाख ६७ हजार ६१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ९ हजार ९ सय १४ जनाको ज्यान गएको छ भने ३ लाख ९६ हजार ३ सय १४ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८९ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २६ जनाको मृत्यु भएको छ । ९ हजार ४ सय ७ जना संक्रमित भएकोमा ८ हजार ५ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।