साउदीमा एक हजारभन्दा धेरै संक्रमित निको, ६ सय कोरोना थपियो

0
87

साउदी, सोमबार, २९ भाद्र २०७७ । साउदी अरेबियामा कोरोना भाइरस कोभिड-१९ नयाँ संक्रमित घट्नेक्रम जारी रहेको छ । कुनै बेला झन्डै ५५ सयको हाराहारीमा दैनिक नयाँ संक्रमित थपिएको साउदीमा पछिल्लो दिन भने ६, ७ सयको हाराहारीमा थपिरहेका छन् ।

यसै क्रममा आइतबार यहाँ ६०१ जना कोरोना भाइरस संक्रमित थपिएको प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले दैनिक पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार हालसम्म साउदी अरेबियामा कुल संक्रमित तीन लाख २५ हजार ६५१ जना पुगेका छन् । ‘ संक्रमितमध्ये १८ हजार ५१३ जना बिरामी यहाँका विभिन्न अस्पतालहरु उपचाररत रहेको प्रवक्ता डा.अब्दुललीको भनाइ छ । उनका अनुसार १ हजार ३२६ जना बिरामीहरु गम्भीर अवस्थामा उपचार लिइरहेका छन् ।

त्यसैगरी साउदीमा कोरोना भाइरसको उपचार गरिरहेका १ हजार ३४ जना बिरामी उपचारपछि आइतबार घर फर्किएको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार अहिलेसम्म साउदीमा कुल तीन लाख २ हजार ८७० जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भैसकेका छन् ।

साउदीमा शनिबारको अपडेट अनुसार कोरोना भाइरस नयाँ संक्रमितभन्दा उपचारपछि निको हुने ४३३ जना बढी रहेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.अब्दुललीले जानकारी दिए ।