लघुकथा : अपत्यारिलो झुट

0
242

आज बिहानको खाना खाएर, म घरबाट निस्किएको थिए । रोड सुनसान न भएँ पनि भीड थिएन ।

मलाई केहि परसम्म पुग्नु थियो । म अगाडि बढदै थिए । संबिधानदिवस पो रहेछ आज । यति आन्दोलनपछि आएको यो दिन भुलेको मैले ? म त एकछिन सोचमा परें ।

मेरा आँखा मंच तिर गयो । भव्य नभए पनि ठीक ठाक थियो मंच । एकछिन उभिएर दुई चार शब्द सुन्न मन लाग्यो । “जनताको आन्दोलनबाट आएको यो दिन उहाँको बोली सुन्दा एक्लै आफै लिएर आएँ जस्तो थियो । उहाँ थप्दै जानु भयो जनताको हक अधिकारको रक्षा गरिएको छ रे प्रेस हस्तक्षेप छैन रे ? जनताको सुरक्षाको जिम्मा सरकार लिएको छ रे । जनता भोकले मर्नु परेको छैन् रे ? कानुनी राज्य छ रे अनि समानता पनि आदि इत्यादि । ”

मलाई वाक्क लागेर आयो, अनि आफैलाई प्रश्न गरे ? के जात्रा हो भनेर, त्यसपछि बिस्तारै आफनो बाटो लागें । तर, मेरो मनमा कुरा आइरहेको थियो ।

निर्मला बलत्कार काण्ड, कोरानाको माहमरीमा जनता भोकै सडकमा हिडेको । माइतीघर मण्डलामा कतिका टाउका फुुटे । फेरि पनि कुरा त गजबका थिए । म अलमल परें ।

यहाँ त नेतालाई झुट बोल्न पो यत्रो आन्दोलन भएका रहेछ । म अचम्म परें अरू के पो गर्न सक्छु र ? सोच्दा सोच्दै हिजो फुटेको साथीको टाउकोको सम्झना आयो, मन डरायो । पर पर भए । नेताको बोली कम सुनिन् थाल्यो ।

मेरो मनमा एउटा शब्द गुन्जी रहेको थियो, उफ् ! कस्तो अपत्यारिलो झुट भनेर……

नारायण कोइराला
तानसेन ७,पाल्पा
हाल, यूएई

२०७७ साल असोज ३ गते शनिबार ।