कविता : आखिर कहिलेसम्म ?

0
196

झिमिक्क आँखा न झिमकाउँदैं
नेताहरु पदमा पुगी हाल्छन
एक नम्बरको बाटो हराए पनि
पछाडिको बाटो भएर फेरि उस्तै पद पाउँछन् ।

के मतलब भाे हजुर सांसदको
हार्नेहरू जित्ने रहेछन्
जित्ने आज पनि पालोको
पर्खाइमा कुरी रहेछन् ।

हिजोपनि तिनै बुढा हली
जवानलाई जोती रहेका थिए
के आयो त परिवर्तन
आजपनि हली उनै भए ।

युवाले हलो जुवा भाँच्न सक्नुपर्छ
यिनिहरुलाई सम्मान दिई तह लगाउन पर्छ
हिड्न, डुल्न गाह्रो छ समाउन पर्ने
बाँचुन्जेल किन होला कुर्ची नै चाहिने ।

दुई नब्बरी बाटो बन्द गर्नु पर्छ
चाप्लुसी र झोल्यहरु भँगाउनु पर्छ
हरुवा अनि नाताबाद बन्द हुनुपर्छ
इमान्दार र नयाँ पुस्ताले पालो पाउँनु पर्छ ।

तानसेन ,पाल्पा
हाल, यूएई
२०७७ साल असोज ७ गते बुधबार ।