लघुकथा : प्रश्न ?

0
163

आज बिहान सडक ताती रहेको थियो । मानिसहरू रिसले आगो भएका थिए । अनि पानी पनि । म पनि मुर्मुरिदै सडकमा गए । ए ! ए ! हामीलाई जिस्क्याएको हो ?

भीडबाट एउटाले ढुंगा उठाएर हानी हाले । नजिक रहेको गाडीको सिसा फूटो, सरकारी गाडी पो रहेछ। पुलिस दगुर्दै आए । अनि, सबैको टाउकोमा हिर्काउन थालें । हामी पनि के कम, प्रति उत्तरमा सकें जति पुलिसलाई हिर्कायौ ।

हुलमा साथीहरु चिच्याई रहेका थिए । हाम्रो सरकार मुर्दाबाद, राम्रो मान्छे चाहिन्छ, पाखे भन्न पाइन्न ।
मलाई एक्कासी पुलिसको दण्डा लायो । म जमिनमा लडे, घिसार्दै गाडीमा पुराए ।

अझै पनि म कराउँदै थिए । पाखें भन्न पाईन, साथीहरु पनि चिच्याई रहे । मलाई जोड संग हानियो । म बिहोस भए ।

भोली बिहान मेरो होस् खुल्दा हामीलाई पाखेँ भन्ने मान्छे टेलिभिजनमा उही शब्द बोल्दै थिए । हामीलाई कसले हलाउने हामीसंग सबै शक्ति छ । हामी जे चाहन्छौ गर्छौ ।

रगत ताती रहेको थियो । टेलिभिजन फोड्रौं जस्तो भयो । फेरी सोचे, निर्जीव बस्तु फोडी के गर्ने । साँच्चै हाम्रो देशको शासन तंत्र सत्तामा पुगेँ पछि निर्जीव बन्छ त ?

जुनसुकै तंत्र आएँ पनि । जनताको सुखतन्त्र आएन । लुटतन्त्र, कमिसन तन्त्र, चापुलुसी मन्त्रले मात्र काम गर्ने ।

जति सोच्छु :उति प्रश्न आउँछ जनताको तन्त्र कहिल्य आउँ ने ?

नारायण कोइराला

तानसेन, पाल्पा
हाल, यूएई

२०७७ साल असोज १० गते शनिबार