कंगोमा नेपाली सैनिकमाथि अधिकृतद्वारा गरिएको कुटपिटबारे छानविन शुरु

0
140

काठमाडौं, शनिबार, १० असोज २०७७ । नेपाली सेनाले शान्ति स्थापनार्थ अफ्रिकी राष्ट्र कंगोमा गएका जवान तथा अधिकृतहरुबाट आचरण र मर्यादा विपरित भएको क्रियाकलापबारे सत्य तथ्य पत्ता लगाउनका लागि छानविन प्रक्रिया शुरु गरेको छ । शान्ति स्थापनार्थ कंगोमा खटिएको सैनिकमाथि अधिकृतहरुबाट भएको कुटपिटबारे नेपाली सेनाले छानविन थालेको हो ।

नेपालबाट कंगोमा शान्ती स्थापनार्थ तैनाथ गणको जवान लाइनमा सैनिक आचरण र मर्यादा विपरित भएको घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाथि नियमानुसार जेष्ठ सेनानीको नेतृत्वमा छानविनको प्रकृया कोर्ट अफ इन्वायरी शुरु गरिएको हो।

शान्ति स्थापना कार्यमा संलग्न नेपाली सेनाका सदस्यहरुमा उच्च स्तरको अनुशासनबारे ध्यान राखिनुपर्दछ ।

तर त्यहाँ आचरण र मर्यादा विपरितका गतिविधी भएको भन्दै घटनाबारे छानबिन गरि भोलिका दिनमा सेनाभित्र अनुशासन कायम राख्नको लागि नेपाली सेना प्रतिबद्ध रहेको जनाइएको छ ।