राष्ट्रपति भण्डारीद्वारा एसिड आक्रमण र प्रहरी समायाेजन सहित तीन वटा अध्यादेश जारी

0
139

काठमाडौं, सोमबार, १२ असोज २०७७ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा अध्यादेश सोमबार जारी गर्नुभएको छ । मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

प्रवक्ता दाहालकाअनुसार राष्ट्रपति भण्डारीले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७७ जारी गर्नुभएको हो ।

संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम सरकारको सिफारिसमा सो अध्यादेश राष्ट्रपति भण्डारीले जारी गर्नुभएको राष्ट्रपति कार्यालय प्रवक्ता दाहालले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय एसिड आक्रमणका घटना बढ्दै गएपछि सरकारले अध्यादेश मार्फत कानुन संशोधन गरी एसिड आक्रमण गर्नेमाथि थप सजायको व्यवस्था अध्यादेशमा गरेको छ । एसिड आक्रमण गर्नेलाई बढीमा २० वर्ष कैद र १० लाख रुपियाँसम्म जरिवानाको व्यवस्था अध्यादेशमा गरिएको छ ।