नेपाली कांग्रेस गोर्खाको बृहत प्रदर्शन

0
350

गोरखा, ७ असोज २०७६ । नेपाली कांग्रेसले मंगलबार गोरखा बजारमा सरकार विरुद्ध प्रदर्शन गरेको छ। पार्टीले सुरु गरेको दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन गोरखा बजारमा प्रदर्शन गरेको हो ।

महंगी, भ्रष्टाचार बढेको, महिला हिंसा, बलात्कार र हत्याका घटना बढेको भन्दै प्रदर्शन उत्रिएका कांग्रेस कार्यकताहरुले बुढी गण्डकी प्रभावितलाई उचित मुआब्जा दिन समेत नाराबाजी गरेका थिए ।

प्रदर्शनान भ्रष्टाचारीलाई कारबाही गर, महँगी नियन्त्रण गर, अलोकतान्त्रिक निर्णय खारेज गर लगायतका नारा लगाएका थिए ।