गोर्खा तान्द्राङ्कोट सिद्बकाली मन्दिर परिसरमा विजया दशमीको अबसरमा साँस्कृतिक कार्यक्रम हुने ।

0
732

गोरखा, ६ असोज २०७६ । जिल्लाको उत्तरी पूर्वी भू:भाग एतिहासिक ठॉंउ गोरखा जिल्लाकै अर्को इतिहास बोकेको भुमी तान्द्राङ्कोट सिद्धकाली मन्दिर परिसरमा पृथ्वीनारायण शाहका ज्योतिषी दुल्लभ बाबाको जन्मभुमीमा दशैमा भब्य साँस्कृतिक मेला तान्द्राङ्कोट जात्रा हुने आयोजकले जनाएको छ ।
साबिकको धाबा र  तान्द्राङ्गको शिरमा रहेको भुमि सिद्बकाली मन्दिर प्रत्यक बर्ष घटस्थापनाको दिनदेखि दशमीको दिनसम्म पूजा आज गर्ने प्रचलन रहेको छ ।
आसपासका गा बि सहरुबाट ठुलो मात्रामा भक्तजनहरुको भिड लाग्ने त्यस ठाउमा पछिल्लो समय भने केहि चहल पहल घटेको थियो ।
बिशेष गरी  बडा दशैंको नवमीको दिनमा विशेष पुजा तथा पन्चवली तथा फुलको डोली चढाईने परम्परा रहि आएको छ । यस मन्दिर परिसरमा यस बर्ष पनि साँस्कृतिक कार्यक्रम गरिने भएको छ ।
यहि असोज २० गते नवमीको दिनमा स्थानिय ख्याति प्राप्त कलाकारहरुको साथ भरपुर मनोरन्ज लिनको उपस्थित हुन आयोजकले अनुरोध गरेको छ ।
कार्यक्रम भिमसेन थापा गाउपालिका वडा न २ को मुख्य प्रायोजक रहेको कार्यक्रममा सिद्धकाली मन्दिर पर्यटन विकास समन्वय समितिको आयोजनामा भब्य साँस्कृतिक कार्यक्रममा मरिचमान श्रेष्ठ (बल्छी धुर्व) , रबिन लामिछाने बबिता बानिया जेरी  लगायत राष्ट्रिय कलाकारको बजोड प्रस्तुति रहने कार्यक्रम आयोजक ले जनायको छ